काठमाडौं २ फागुन । नेकपा एमालेको आज बसेको संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रयोजन नखुलाएको खाली कागजमा केहि नेताहरुले हस्ताक्षर गर्न अस्विकार गरेका छन् ।
के लागि खाली कागजमा हस्ताक्षर गर्ने भन्ने विषय नखुलेपछि नेता भीम रावल सहित पाँच जना नेताहरुले हस्ताक्षर गनए अस्विकार गरेका हुन् ।
जसमा भीम रावल, घनश्याम भुसाल, पवित्रा निरौला खरेल, झपटबहादुर रावल र दीपकप्रकाश भट्ट रहेका छन् ।
आज बसेको एमालेको संसदीय दलको बैठकमा ६ वटा खाली कागजमा नेताहरुलाई हस्ताक्षर गर्न लगाइएको थियो । यसको विरोध सुरुमै नेता रावलले गरेका थिए ।