मन्त्रिपरिषद्को निणर्य : मेलम्ची खानेपानी चुहावट नियन्त्रण गर्न १३ करोड — OSNepal

मन्त्रिपरिषद्को निणर्य : मेलम्ची खानेपानी चुहावट नियन्त्रण गर्न १३ करोड

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु पारित गरेको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णय पारित गरेको जानकारी दिएका हुन् ।

काठमाडौँ २१ जेठ । मन्त्रिपरिषद्को बैठकले मेलम्ची खानेपानी चुहावट नियन्त्रण गर्न १३ करोड पारित गरेको छ । हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यससँगै विभिन्न निर्णयहरु पारित गरेको शुक्रबार आज पत्रकार सम्मेलनमार्फत सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री पार्वत गुरुङले जानकारी गराएका हुन् ।

यस्तो मन्त्रिपरिषद्को निणर्य;
– मेलम्ची खानेपानी चुहावट नियन्त्रण गर्न १३ करोड ।
– वन तथा वातावरण व्यवस्थापन कार्यक्रम लागू भएका वनमा कटान भएका काठ, दाउरा संकलन, ओसारपसार तथा बिक्री वितरणमा स्किृति दिने निर्णय गरिएको छ ।
– भूमिसुधारसम्बन्धी ऐन पारित गरिएको छ
– परराष्ट्र मन्त्रालयको राजदूतसम्बन्धी नियुक्ती २०७५, संशोधन गरिएको छ ।
– अर्थमन्त्रालयको प्रस्तावमा नेपाल स्वास्थ्य व्यवस्थापन सुधार आयोजनाका लागि विश्व बैंकप्राप्त हुने ५० मिलियन अमेरिकन डलर सहुलियत प्रदानका लागि ६ सदस्यीय टोली गठन गरिएको छ ।
– प्रेस काउन्सिलको अध्यक्षमा ४ वर्षका लागि बालकृष्ण न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर