केही बर्ष अधि पशुपति शर्माको एउटा सन्देश मुलक गित निकै चर्चित बन्यो धेरै मन पनि पराए तर केही समय पछि एकाएक बिबादमा आयो र अन्ततह त्यो गित पशुपति शर्माले हटाउनु पर्याे र माफै माग्नु पर्याे । त्योगित थियो हामी नेपाली हौ मलाइ यत्ति थाहा छ । त्यो गितमा प्रयोग भएका शब्द उचित भएन भन्दै दलित अगुवा हरु सडकमै उत्रिन भ्याए एउटा परिवार हरेक जाति सँग बिबाहा गरे यसमा केको भेदभाव यस्तै यस्तै बोलेको थियो गितले । यो समाजमा जातिय भेदभाव अन्त्य गर्न भने अघि सरेका सयौ दलित अगुवाले गर्न नसकेको काम यो गितले गरेको थियो तर बिरोध गर्न पुगे तिनै दलित अगुवा त्यस बाहेक पनि धेरै त्यस्ता गित हरु बजारमा आए चर्चा पाए अरु गितले खासै चर्चा पाएन्न ।केको बाहुन, केको कामी, केको जनजाति’ बोलको लोकगायक पशुपति शर्माको गीत चर्चा र विवादमा आयो । जनजाति र दलित अधिकारकर्मीले गीतको विरोध गरे भने अन्यले गीतको सन्देश मार्मिक रहेको भन्दै प्रशंसा गरे ।
केही महिना अघि अर्का गायक खेम सेन्चुरीको त्यसतै गित आयो दमाई दाइको छोरो यो गितले पनि निकै चर्चा बटुल्यो सबै नेपालीको मनमनमा बस्यो बाहुन,क्षेत्री दलित जो होस बिरलै यो गित नसुन्ने मान्छे होलान । तर यो गित दलित समुदायकै गायकले गाए त्यसैले बिरोध बनेन होला पशुपति सर्माले गाएको गितमा दमाई ,कामी शब्द प्रति निकै आपत्ति जनाउने हरु खेम सेन्चुरीको गितमा भने खुबै रमाए तर अहिले पनि दलित भन्ने बित्तिकै सोचमा परिवर्तन ठुलाठुला मान्छेको हुन सकेको छैन ।
दलितको क्षेत्रमा बनाइएका टेलिश्रींखला,गित भिडियो होस या फिल्मनै होस पुरस्कार नै छोपेका गितहरुले पनि भिडियो बनाउदा दलितहरुको आकृति समाजमा कहिले राम्रो गराउन सकेको पाइदैन । खेम सेन्चुरीलेनै अभिनय गरेको कामी दाइको छोरो गितको भिडियोमा यो समाजका कामी समुदाय माथीको प्रहार छैन त ?आज पनि दलितहरुलाई गर्ने बिभेद गर्ने तरिका परिवर्तन भएको मात्र बिभेद भएको छैन भन्ने उदाहरण यो पनि हैन त ? भिडियोमा फाटेको कपडा लगाउने, फाटेकै टोपी मुहारमा कालो पोतेरै कालो बनाएर मात्र उनिहरुको अभिनय गरिन्छ ।
हरेक गित भिडियोमा केही सन्देश दिन खोजे पनि सोचमा त फरक भएन । जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ४ को उपदफा १२ मा कसैले श्रव्य, दृश्य सामग्री, लेख, रचना, चित्र, आकार, वा प्रदर्शन गरेर वा अन्य कुनै तरिकाले कुनै जात, जाति वा उत्पत्तिका व्यक्तिको उचनीच दर्शाउने, जात, जातिका आधारमा हुने सामाजिक विभेदलाई न्यायोचित ठह¥याउने भनेको छ यस आधारमा हरेका भिडियोमा कामी समुदायहरुको चित्रण गर्दा निर्देशकहरुले किन हरेक भिडियोमा यस्ता बिभेद गरि देखाउने गरिन्छ के यो जातिय बिभेद हैन ।
यो समाजमा जातियता अन्त्य गर्न त्यसता साना सानाकुरामा पनि नजर पुग्न पर्छ अब । भनिएला हिजो अबस्था त्यहि हो दलितहरुको तर हामी आजमा छौ आज पनि त्यहि सोचराख्ने हो भने कहिले फर्कने हामी आजमा हामी देखावटी मात्र आजमा फर्केका छौ हामी आज पनि उनिहरुलाइ हेर्ने मनको नजरमा परिवर्तन गर्न सकेका छैनौ । अब छायांकनमा कामी दाइको रोल थोत्रो कपडा लगाएको मात्र हैन सकिलो , हिस्टपुस्ट टाइ सुटकोटमै देखाएर परिवर्तित भए दलित अरु सरह छन दलित भन्ने उदाहरण सुरु गर्न जरुरी छ कि छैन ? यस बिषयमा दलित पत्रकार संघ लुम्बिनी प्रदेश अध्यक्ष चिन्ता परियारले रंगमञ्जमा देखाउने यस्ता चित्रणमा दलितले प्रतिनिधित्व गर्ने जात ब्यवस्थालाइ मौलिकता दिन जु पहिहरन बाट पोशाखको हिसावले देखाउनु अहिलेको अवस्थामा उचित हैन ।
दमाहा छोपेको दमाई सारंगी छोपेको गन्र्धव हुनु स्वभाबिक हो तर जातियता झल्काउन रक्सी खाएको देखाउनु मैलो झुत्रो कपडा लगाएको हुन पर्ने दृष्टीकोण नै निमार्ण गरियो जसले सबेको दिमागमा पोशक र अवस्थाले दलित हुन भन्ने चित्रणको दृष्टिकोट परिवर्तन हुन पर्छ मान्छे महास पोशाकले हैन बिचारले हो भन्ने ब्यवस्था हुन र्पछ ।यसै बिषयमा दलित अधिकार क्षेत्रमा लागि रहनु भएका पुर्व शिक्षक सञ्चारकर्मी गोबिन्द रसायलीले यललाई बिभेदको रुपमा लिनु भएकोछ । बिगतमा हाम्रा पुर्खा बिभेदका कारण त्यो अबस्था थियो तर अब देशमा कानुन बनिसक्यो बिभेद अन्त्य भइ सक्यो त्यो पनि बिभेद हो बिभिन्न गोकगित तथा टेदि श्रंखलाहरुमा त्यो चित्रण लामो समय देखि छ अब फेरिनु पर्छ भन्ने रसायलीको भनाइ छ ।
यस्तै सामाजिक क्षेत्रमा काम गर्ने सहज नेपालका अध्यक्ष सञ्जिव गहतराजले टेलिश्रीखला ,गित पुस्तकहरुमा हुने यस्ता प्रकारमा तस्बिर एक हिसावले राम्रो हो भन्नुहुन्छ । बिगतमा जंग बहादुर राण प्रधानमन्त्री हुँदा सुध्रहरुले टोपी घुमाएर लगाउनु पर्ने र सहजै दलित पहिचान होस भन्ने प्रथा सुरु भयो त्यसैले पनि यो समाजमा ति गित साहित्यमा देखाउने तस्बिर अबस्थाबाट गुज्रीएर आएको समुदाय हो तर अहिलेको अबस्था फेरी त्यस्तो छैन दलितले फोहोर मैलो च्यातिएको लगाउनै पर्ने समय अनुसार परिवर्तन हुनु पर्छ हाम्रो समाजमा कानुनमा मात्र त्यो विभेद हट्यो कार्यन्वयनमा छैन तर पनि अहिले अबस्था चित्रण गर्दा त्यस्ता चित्रणहरु लाई परिमार्जित गर्नु पर्छ होला ।
यस्तै दलित अगुवा तथा शिक्षक ऋषि बिश्वकर्माले मिडियो तथा फिल्महरुमा यस प्रकारको चित्रण गर्दा दलित समुदाय प्रति अरुले हेर्ने नजर फेरिन नसकेको बताउनु हुन्छ पहिलेको अबस्था त्यस्तो रहे पन अहिलेका बालबच्चा देखि नँया पुस्थालाई दलितहरु भनेको यस्तो हुन्छन भन्ने सोच त्यस्ता भिडियोहरुले गराउने भएकोेले पनि अब परर्वतन हुन पर्छ दलित समुदायलाई गरिने चित्रणमा अब परिर्वतन हुनु पर्छ ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस घोषणा भएको आज १५ वर्ष पूरा पुगेको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा सरकारले हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसका रुपमा मनाउने गरिन्छ तर यो समयमै दलित माथीका बिभेदमा कमी आउन सकेको छैन त्यसैले सानाकुरा देखिठुला बिभेद बिरुद्ध अझ शसत्त रुपमा आवन उठाऔ ।
नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको १५ वर्ष बित्दा पनि व्यवहारमा भने छुवाछुत र विभेद हट्न सकेको छैन । जातीय भेदभाव तथा छुवाछुत कसुर र सजायँ ऐन भएपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसक्दा व्यवहारमा विभेद हट्न नसकेको हो । सामाजिक सञ्जालमा गरिने बिभेदमा पनि आधुनिकरण भएको छ अन्त्य भएको छैन अब दलित समुदायलाइ गरिने विशिष्ट खालका बिभेदको बिरुद्धमा अगुवाहरुले आवाज उठाउनु पर्ने देखिन्छ ।