पार्टी जोगाउने जिम्मा सत्ताको लागि मधेसवादी दलसँग साँठगाँठ गरेको ओलीको होइन,हाम्रो हो : भट्टराई — OSNepal

पार्टी जोगाउने जिम्मा सत्ताको लागि मधेसवादी दलसँग साँठगाँठ गरेको ओलीको होइन,हाम्रो हो : भट्टराई

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ पार्टी एकताको लागि लागि परेका नेकपा एमालेका नेता योगेश भट्टराई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट भएका छन् । आफ्नो सत्ता टिकाउन मधेसीसँग साँठगाँठ गरेको नेता भट्टराईले अ‍ोलीलाई आरोप लगाएका छन् । आज माधव नेपाल समुहको भर्चुअल बैठकमा सहभागी भएका नेता भट्टराईले पार्टी एकताको लागि लाग्नुपर्ने बेलामा ओलीले सत्ता टिकाउन मधेसवादी दल, भारत र पश्चिमा शक्तिसँग साँठगाँठ गरेको आरोप लगाएका हुन् ।

भट्टराईको भनाई उद्घृत गर्दै एक नेताले भने,अहिले पार्टीमा अन्तरसंघर्ष छ, त्यो एकता र रुपान्तरणको चरणमा छ । अहिले हामीले पार्टी विभाजन गर्‍यौं भने दोष हामीमा जान्छ, ठूलो पार्टी पंक्ति एमालेको पक्षमा छ, पार्टी एकताकै लागि आफुहरु संस्थापन पक्षसँग छलफल गरेको बताएका भट्टराईले भने,आज केपीलाई बोकेर विदेशीले नेकपा फुटाए, अहिले एमाले फुटाउन लागेका छन् । त्यसैले पार्टी जोगाउने जिम्मा केपीको होइन, हाम्रो हो’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर