पद पुन:स्थापना गरिपाउँ भन्दै सांसदबाट हटाइएका थापाको रिट सर्वोच्च अदालतमा दर्ता — OSNepal

पद पुन:स्थापना गरिपाउँ भन्दै सांसदबाट हटाइएका थापाको रिट सर्वोच्च अदालतमा दर्ता

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । सांसद पदबाट आफुलाई हटाएपछि गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापा सर्वोच्च अदालतमा पुगेका छन् । सांसद थापाले आफुलाई सांसदबाट हटाएको भन्दै सर्वोच्च अदालतमा आज शुक्रबार रिट दर्ता गराएका हुन् ।

संसदीय दलको बैठक नबसी आफुलाई सांसदबाट हटाएकाले पद पुन स्थापना गरिपाउँ भन्दै सांसद थापाले अदालतमा दर्ता गरिएको रिटमा उल्लेख गरिएको छ । आफूलाई सांसदबाट हटाइएको भन्दै थापा रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् । उनको रिट शुक्रबार दर्ता भएको छ ।

पार्टीको विधान विपरित काम गरेको आरोपमा नेता थापालाई संसदबाट हटाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर