एमाले संसदीय दलकाे बैठक बस्दै — OSNepal

एमाले संसदीय दलकाे बैठक बस्दै

LC (KTM) February 14, 2022 0

काठमाडौं, २ फागुन – प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज साेमबार बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो ।

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

महाभियोग दर्ता भएसँगै आइतबार बसेकाे एमाले सचिवालय बैठकले प्रतिवाद गर्ने निर्णय गरिसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर