महाभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय, षड्यन्त्रपूर्ण भएको निष्कर्ष — OSNepal

महाभियोगको प्रतिवाद गर्ने एमालेको निर्णय, षड्यन्त्रपूर्ण भएको निष्कर्ष

LC (KTM) February 13, 2022 0

काठमाडौं, १ फागुन-प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।महासचिव श‌ंकर पोखरेलले प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको बताए उनले यो काम अनुचित र लोकतन्त्रका लागि खतरा देखिएको बताए ।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको आपतकालिन सचिवालय बैठक बसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर