सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई पार्टी अध्यक्ष ओलीको ४८ घण्टे स्पष्टिकरण — OSNepal

सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाहलाई पार्टी अध्यक्ष ओलीको ४८ घण्टे स्पष्टिकरण

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाश बहादुर शाहलाई ४८ घण्टे स्पष्टीकरण सोधिएको छ । पार्टीको निणर्य विपरित प्रदेश सरकारलाई समर्थन गरेको भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टिकरण सोधेका हुन् ।

गत जेठ १० गते ओली पक्षको नेताहरुको बैठकले समर्थन फिर्ता लिने र मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएको थियो । तथापी, माधव नेपाल समुहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता नलिई उल्टै सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर