पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्दमाथि कुनै बाधा अवरोध नगर्न भन्दै उच्च अदालत पाटनले जारी गर्यो अल्पकालीन आदेश — OSNepal

पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्दमाथि कुनै बाधा अवरोध नगर्न भन्दै उच्च अदालत पाटनले जारी गर्यो अल्पकालीन आदेश

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न भन्दै उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाई होटल आनन्दले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालतले विपक्षीका नाममा १५ दिनको समय राखेर आधार, कारण र प्रमाण समेत माग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समुहसँग गरेको नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिने निर्णय गरेका थिए ।

साथै अदालतले यही फागुन ९ गते आन्तरिम आदेशको छलफलका लागि दुबै पक्षलाई उपस्थित हुन समेत आदेश दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर