जवराविरुद्ध महाभियोग लगाउनु सकारात्मक भएपनि नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आन्दोल जारी रहन्छ : बारका अध्यक्ष श्रेष्ठ — OSNepal

जवराविरुद्ध महाभियोग लगाउनु सकारात्मक भएपनि नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आन्दोल जारी रहन्छ : बारका अध्यक्ष श्रेष्ठ

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग सकारात्मक भएको बताएका छन् ।

सत्तारुढ दलको यो कार्यको स्वागत गर्दै आफ्नो आन्दोलनको स्वरुप परिवर्तन गरी लैजाने बारले जनाएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले नयाँ प्रधानन्यायाधीशले सपथ नलिएसम्म आफूहरुको आन्दोलन नरोक्ने समेत बताएका छन् ।

जबरा निलम्बित भएसँगै न्यायपालिका सुधारको ढोका बताएका श्रेष्ठले भने, ‘जबसम्म सही रुपमा अर्को प्रधानन्यायाधीश आउँदैन, जबसम्म अर्को प्रधानन्यायाधीशले सुधारको कार्यक्रम अगाडि बढाउँदैनन्, तवसम्म नेपाल बारको आन्दोलन निरन्तर जारी रहन्छ ।’
जबराविरुद्ध संसदमा व्यापक छानबिन हुनुपर्ने समेत उनको भनाइ रहेको छ । बारले विगत चार महिना देखि जवरा विरुद्ध आन्दोलन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर