एमालेले माधव नेपाल सहित १४ जना सांसद विरुद्ध दायर गरेको रिट पेशीबाट हटाइयो — OSNepal

एमालेले माधव नेपाल सहित १४ जना सांसद विरुद्ध दायर गरेको रिट पेशीबाट हटाइयो

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । नेकपा एमालेले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाहीको माग गर्दै दायर भएको रिट सुनुवाइपछि पेशी हटाइएको छ।

लुम्बिनी प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले पेशीमा चढे पनि सो रिट हटाउन माग गरेपछि उक्त पेशी हटाइएको छ । आइतबार पेशी तोकिएको उक्त मुद्धा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको थियो ।
आदेशमा भनिएको छ, ‘यसमा प्रत्यर्थीमध्येको लुम्बिनी प्रदेश सभा सचिवालय समेतबाट प्रतिरक्षामा खटिएको अवस्थामा रूघा खोकी र ज्वरो समेतले ग्रस्त भई कोभिड पोजेटिभजस्ता लक्षणहरू देखिई आइसोलेसनमा रहेको कारण आजको पेशी हटाई पाऊँ भनी प्रदेश नं. ५ का मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीको निवेदन पर्न आएको हुँदा आजको पेशीबाट हटाइएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर