प्रदेश-२ मा सत्ता सहकार्य गर्न जसपाका यादवको कांग्रेसका उपसभापति निधिलाई प्रस्ताव — OSNepal

प्रदेश-२ मा सत्ता सहकार्य गर्न जसपाका यादवको कांग्रेसका उपसभापति निधिलाई प्रस्ताव

LC (KTM) June 04, 2021 0

काठमाडौँ २१ जेठ । प्रदेश २ मा सत्ता सहकार्य गर्न जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेससँग आग्रह गरेका छन् । जसपा उपेन्द्र यादव निकट मुख्यमन्त्री रहेको प्रदेश २ मा लालबाबु राउत मुख्यमन्त्री रहेका छन् । संसद विघटन पछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै यादव पक्षका १२ जना सांसदले हस्ताक्षर गरेका थिए ।

प्रदेश २ मा सत्ता सहकार्यको लागि नेपाली कांग्रेका उपसभापति विमलेन्द्र निधिलाई प्रस्ताव राखिएको हो । निधिका प्रेस सहयोगी रामजी दाहालका अनुसार सहकार्यको लागि छलफल भइरहेको छ । ‘राष्ट्रिय राजनीतिमा पनि सहकार्य भइरहेकाले प्रदेश–२ को सरकारबारे के गर्ने भन्ने छलफल भएको हो’दाहालले भने । यस प्रस्तावालई निधिले सकारात्मक रुपमा लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर