तत्कालिन नेकपा खारेज गर्ने यी चार न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दै एमाले — OSNepal

तत्कालिन नेकपा खारेज गर्ने यी चार न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्दै एमाले

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्तारुढ गठबन्धन दलले महाअभियोग प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेलाई बाटो खुलेको छ ।

अब एमालेले पनि गएको वर्ष फागुन २३ गते तत्कालिन एमाले र माओवादी केन्द्री एकीकृत भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने फैसला सुनाउने चार जना न्यायाधीशहरुमाथि महाअभियोग लगाउने भएको छ ।

जसमा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मिराकुमारी खड्का, डा। आनन्दमोहन भट्टराई र ईश्वरप्रसाद खतिवडा रहेका छन् । यही विषयमा छलफल गर्न एमालेले भोली सोमबार संसदीय दलको बैठक बोलाएको हो ।

चार न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव ल्याउन सांसदहरूको हस्ताक्षर सुरु गरेको पनि बताइएको छ । यस विषयमा एमालेले सबै सांसदलाई जानकारी गराउँदै काठमाडौ बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर