आफुमाथि दर्ता भएको महाअभियोग प्रस्तावको पत्र बुझेर जबरा सर्वोच्चबाट बाहिरिए, जबराको गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपियो — OSNepal

आफुमाथि दर्ता भएको महाअभियोग प्रस्तावको पत्र बुझेर जबरा सर्वोच्चबाट बाहिरिए, जबराको गाडीमा राखिएको राष्ट्रिय झण्डा छोपियो

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । आफुमाथि दर्ता भएको महाअभियोग प्रस्तावको पत्र बुझेर प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

सत्ता गठवन्धन दलका नेपाली कांग्रेस , नेकपा माओवादी र नेकपा जनता समाजवादी पार्टीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्तावमा हस्ताक्षर गरी संसद सचिवालयमा दर्ता गराएका हुन् ।

पत्र बुझिसकेपछि प्रधानन्यायधीश जवरालाई विदाई गर्न मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार नारायण पन्थी गेटसम्म आएका थिए । भने जवराको गाडीमा राखिएको राष्ट्रिय झण्डा भने छोपिएको छ ।

महाअभियोगको जानकारी संसद सचिवालयले भने जवरालाई पत्र मार्फत जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर