काठमाडौं १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव फेश गर्न तयार भएको बताएका छन् ।
आइतबार उनी विरुद्ध सत्ता गठबन्धनका ९८ सांसदहरुले महाभियोग प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका हुन् ।
महाअभियोग दर्ता भएपछि उनले आफु राजीनामा दिन तयार नभएको भन्दै यसको फेस गर्न आफु तयार भएको अभिव्यक्ति दिएका हुन् ।
प्रधानन्यायाधीश जवराविरुद्ध २१ बुँदे आरोपसहित महाअभियोग प्रस्ताव दर्ता गरिएको हो ।