अर्घाखाँचीकी मन्जु टिकटकमा छाउदै, कमेडी चलचित्रमा अफर — OSNepal

अर्घाखाँचीकी मन्जु टिकटकमा छाउदै, कमेडी चलचित्रमा अफर

LC (KTM) June 04, 2021 0

अर्घाखाँची । अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका -३ खनदह माइत हाल बुटवल बेलबास बसोबास गर्दै आएकि मन्जु खनाल पोख्रेल यतिबेला टिकटक चलाएर चर्चित बन्न पुगेकी छन । एक वर्ष नपुग्दै ढेड लाख साथी बनाइ सकेको दावी गरीकी हुन ।

महामारी को समयमा टिकटक समय बिताउने माध्यम मात्र नभई ज्ञानवर्धक शरीरको कसरत को लागि समेत मद्दत पुराएको छ । “टिकटक” एउटा सोशल मीडिया ऐप्लिकेसन हो । यो एप्लिकेसन बाट ज्ञानगुन , डान्स , कमेडीका सानातिना भिडियो बनाएर सेयर गर्न सकिन्छ ।

‘बाइट डान्स’ कंपनी ले चीनमा सन २०१६ मा ‘टिकटक’ लॉन्च गर्यो । त्येसपछि सन २०१८ सालमा ‘टिकटक’ एप्लिकेसन को लोकप्रियता बढ्दै गयो अक्टूबर तिर अमेरिकामा सबै भन्दा धेरै डाउनलोड गरियो । विस्तारै एप्लिकेसन विश्व चर्चित बन्न पुग्यो । नेपालमा पनि यसको लोकप्रियता बढ्दै गएको छ। गाउँघर तिर होस या शहर जताततै छाएको छ ।

मन्जु खनाल पोख्रेलले गुल्मी अर्घाखाँची तिरको गाउँ घरमा बोलिने आफ्नो मौलिक भाषा लाई प्रयोग गरेर ज्ञानवरदक ,कमेडी भिडियो बनाउने गर्छिन् । टिकटकमा पछिल्लो समयमा बलाङकेट काण्ड , प्रदेशी को पिडा भनेर चर्चित भएको थियो ।

श्रीमान विदेश श्रीमती गाउँघर मेलापात गर्दा विदेशी को पीडा टिकटक को माध्यम बाट प्रस्तुत गरेकि थिन । जुन पन्ध्र सेकेन्ड को भिडियो अप्लोड गरेको एक घन्टामै एक लाख बैसठ्ठी हजार ले हेरेको बाताइ । मन्जुले एघार महिनाको समयमा ढेड लाख भन्दा धेरै ले साथी बनाए पछि अहिले इन्टरव्यु दिन्न भ्याइनभ्याई रहेको बताइ ।कमेडी चलचित्रमा समेत अफर आएपनी अहिले कुनै चासो नभएको मन्जु बताउछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर