प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले बोलायो संसदीय दलको बैठक — OSNepal

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता भएपछि एमालेले बोलायो संसदीय दलको बैठक

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएपछि नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक भोली सोमबार बिहान संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्ने प्रमुख सचेतक विशाल भट्टराई जानकारी दिएका छन् ।

आज आइतबार प्रधानन्यायाधीश विरुद्ध सत्तारुढ दलका ९८ जना सांसहरुले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेर संसद सचिवायलमा दर्ता गराएको छ ।

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ताको विषयमा आफ्नो पार्टीलाई केहि जानकारी नभएको बताएको एमालेले यस विषयमा छलफल गर्त संसदीय दलको बैठक बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर