प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ता गरेर स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु गरेको एमालेको आरोप — OSNepal

प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव दर्ता गरेर स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु गरेको एमालेको आरोप

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि दर्ता भएको महाअभियोग प्रस्तावको विषयमा एमालेले आलोचना गरेको छ । आज आइतबार संसद सचिवालयमा ९८ जना सांसदहरुले उक्त महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको भन्दै एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले समाजिक सञ्जाल मार्फत बताएका छन् ।

‘यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । ‘ उनले भनेका छन् । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको आरोप लगाएका उनले प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको स्पष्ट पारेका छन् ।

रिजालले भनेका छन् , ‘प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको छ ।यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ । प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर