न्यायालयको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता — OSNepal

न्यायालयको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । सर्वोच्च अदालतको गतिरोध अन्त्य गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता भएको कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले जानकारी दिएका छन् ।

आज आइतबार मन्त्री बडु सहित ९८ जना सत्तारुढ पाँच दलका ९८ जना सांसदहरुले संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

प्रस्ताव दर्ता पछि मन्त्री बडुले गतिरोधमा न्यायपालिका रहृयो भने न्यायापालिकाको आवश्यकता र गरिमाथि प्रश्न उठ्न सक्ने देखिएकाले प्रतिनिधिसभाका सांसदहरुले संवैधानिक निकास खोज्ने प्रयत्न गरेको बताएका छन् ।

प्रधानन्यायाधीश जबरा आफैले आफु संवैधानिक बाटोबाट नियुत्तः भएकोले त्यसको निकास पनि संवैधानिक बाटोबाट चाहेको बताएका उनले दर्ता भएको महाअभियोग प्रक्रियामा अगाडि बढ्ने जानकारी दिएका छन् ।

साथै प्रधानन्यायाधीश जबरामा न्यायालयको गरिमा जोगाउने चिन्ता नदेखिएकाले पनि आफुहरुले यो कदम चालेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर