अब सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की — OSNepal

अब सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा विरुद्ध महाअभियोगको प्रस्ताव संसद सचिवालयमा दर्तासँगै जवरा स्वत निलम्बनमा परेका छन् । अब उनको स्थनामा कायम मुकायम प्रधानन्यायाधीश सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की बन्ने भएका छन् ।

आज आइतबार सत्तारुढ गठबन्धनका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू , गगन थापा, मीनेन्द्र रिजाल लगायतका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।

संविधानको धारा १०१ (६) मा व्यवस्था भएअनुसार महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइने छैन ।

कार्कीले अब संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर