प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे हामीलाई केहि जानकारी छैन : सुवास नेम्वाङ — OSNepal

प्रधानन्यायाधीश जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे हामीलाई केहि जानकारी छैन : सुवास नेम्वाङ

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे नेकपा एमालेलाई कुनै जानकारी नभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

सत्ता पक्षले आफुहरुसँग कुनै सल्लाह नै नगरेको बताएका उनले भने, ‘आफ्नै ढंगले काम गर्छ । भयो महाअभियोग दर्ता भयो भन्ने भर्खर थाहा पायौं’ ।

यस विषयमा निणर्य लिन पार्टीमा छलफल हुने तयारी भएको उनले बताएका छन् ।

आज आइतबार संसद सचिवायलमा ९८ जना सांसदहको हस्ताक्षर सहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर