९८ जना सांसदहरुको हस्ताक्षर सहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता — OSNepal

९८ जना सांसदहरुको हस्ताक्षर सहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । अन्तत: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता भएको छ ।

९८ जना सांसदले हस्ताक्षर गरेको महाअभियोग प्रस्ताव आज आइतबार ११ बजे संसद सचिवालयमा दर्ता भएको हो ।

सत्तारुढ पाँचदलीय गठबन्धनका कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले सांसदहरुले प्रधानन्यायाधीश जबरा विरुद्ध महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेका हुन् ।

प्रधानन्यायाधीश जबरा विरुद्ध लामो समय देखि विरोध र प्रर्दशन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर