कुनै एउटा खास परियोजनाको निम्ति गठबन्धन बनेको होइन : अध्यक्ष प्रचण्ड — OSNepal

कुनै एउटा खास परियोजनाको निम्ति गठबन्धन बनेको होइन : अध्यक्ष प्रचण्ड

LC (KTM) February 13, 2022 0

काठमाडौं १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले भएका प्रतिगमन विरोधी आन्दोलन गठबन्धनलाई टुटाउनको निम्ति लागि परेको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २७औं जनयुद्ध दिवसको अवसरमा अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

पराजित प्रतिक्रान्तिकारी प्रवृत्ति चुप लागेर आफुहरु नबसेको बताएका उनले कार्यक्रममा भने ,’त्यसले अझै पनि प्रतिगमन गराउने नै कसरत चलाइराखेको छ र त्यसलाई मलजल गर्न देशभित्र र बाहिर विभिन्न खालका प्रतिक्रियावादी शक्तिहरु सक्रिय नै छन् । ‘

यो सरकार गिराउनको निम्ति, चुनावलाई बिथोल्नको निम्ति अनेक खालका प्रपन्चहरु भइराखेका आरोप लगाएका उनले संविधान, लोकतन्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षाको निम्ति पाँचदलीय गठबन्धन बनेको दावी समेत गरेका छन् ।

सैद्धान्तिक र राजनीतिक मान्यतामा खडा पाँचदलीय गठबन्धनलाई यही मान्यतामा रहेर अगाडी बढ्ने समेत बताएका छन् ।

कुनै देशसँग खास परियोजना,आर्थिक सहयोग र लेनदेनको निम्ति गठबन्धन नबनेको दावी गरेका उनले भने, ‘कुनै एउटा खास परियोजनाको निम्ति गठबन्धन बनेको होइन । जुन मूल्य र मान्यतामा टेकेर यो गठबन्धन बनाएका हौं, त्यसमा दृढ रहौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर