अत्यान्तै दुखद खबर,सङ्खुवासभामा किरियापुत्री बसेका श्रीमान श्रीमती मृत्यु, शोकमा डुब्यो गाउँ — OSNepal

अत्यान्तै दुखद खबर,सङ्खुवासभामा किरियापुत्री बसेका श्रीमान श्रीमती मृत्यु, शोकमा डुब्यो गाउँ

LC (KTM) June 04, 2021 0

काठमाडौ । सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिनुभयो ।

सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बस्नुभएका दम्पतीको गए राति आफ्नै घरमा आगलागीमा परेर मृत्यु भएको हो ।

आगलागीमा परेर गम्भीर घाइते भएका राजेन्द्रबाबुको उपचारका लागि ओखरबोटे बजार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र उहाँकी श्रीमती कमलाको घटनास्थमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर