नागरिकता अध्यादेशविरुद्धको निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराबाट वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन — OSNepal

नागरिकता अध्यादेशविरुद्धको निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश जबराबाट वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन

LC (KTM) June 04, 2021 0

काठमाडौँँ २१ जेठ । नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइ गर्नको लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज शुक्रबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन् । वरिष्ठताका आधारमा गठन गरिएको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा रहेका छन् ।

संसद विघटन विरुद्धका मुद्दाको सुनुवाइका लागि गठित संवैधानिक इजलासमा रहेका न्यायाधीशहरूका विषयमा विवाद तानिएका प्रधानन्यायाधीश जवराले नागरिकता अध्यादेशविरुद्धका निवेदनको सुनुवाइ गर्नको लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका हुन् ।

दोस्रो पटक संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जेठ ९ गते जारी गरेकी थिइन् ।
नागरिकता अध्यादेशविरुद्धका ६ वट रिटमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर