यी चार नेताले माधव नेपाल पक्षलाई ओलीसँगको वार्ताको नाटक बन्द गरौँ, भन्दै पठाए यस्तो पत्र — OSNepal

यी चार नेताले माधव नेपाल पक्षलाई ओलीसँगको वार्ताको नाटक बन्द गरौँ, भन्दै पठाए यस्तो पत्र

LC (KTM) June 04, 2021 0

काठमाडौं २१ जेठ । पुर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाल पक्षका चार नेताहरुले नेपाल समुहलाई पार्टी अध्यक्ष केपी ओलीसँगको वार्ता तत्काल बन्द गर्न आग्रह गरेका छन् । ओलीले पार्टी एकताको नाममा नाटक गरिहेको भन्दै एमालेका पोलिटब्युरो सदस्य जगन्‍नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र केन्द्रीय सदस्य राजेन्द्र राईले नेपाल समुहलाई र खनाललाई पत्र लेखेका छन् ।

पत्रमा भनिएको छ, खनाल- नेपाल पक्षका प्रमुख नेताहरूलाई पार्टीवाटै निष्कासन गरिसकेको, कार्यदलका सदस्य समेत निष्कासित भईसकेको अवस्थामा त्यो कार्यदलको औचित्य नै समाप्त भईसकेको हुनुपर्नेमा कार्यदलकै नाममा छलफल भईरहेको भन्ने सुन्न पाउनु आफैमा आश्चार्यजनक त छँदैछ, त्यो भन्दा पनि आश्चार्यजनक छ कि हाम्रा स्थायी कमिटीका सदस्यहरू कोही वार्तामाजाने र कोही त्यसको जवाफदेहिता नलिने स्थितिमा पुग्नु भएको देखिएकोछ ।

विचार र संगठनका दुृवै क्षेत्रमा सार्थक, औचित्यपूर्ण र परिणाममूखी एकता प्राप्त गर्नका लागि ०७५ जेष्ठ २ मा फर्केर मात्र हुँदैन आत्मसम्मान र बैचारिक मिलाप एक साथ हुनुपर्दछ । एमाले कालमा नै हामीले पार्टीमा आत्मसम्मानका साथ पार्टीमा काम गर्ने वातावरण गुमाईसकेका थियौं। तसर्थ ०७५ जेष्ठ २ को तर्क अगाडि सारेर अन्य कुरामा ध्यान नदिईकन सहमतिको मात्र कुरा गरिन्छ भने त्यस्तो सहमति मान्य हुनेछैन भनी प्रष्ट पार्न चाहान्र्छौ पत्रमा उल्लेख गरिएको छ ।

नयाँ आधारमा नयाँ राजनीतिक बाटो तय गरौँ र देशलाई प्रतिगमन, राष्टघात, फिजीकरण गर्ने गुरुयोजनालाई परास्त गर्न लागौँ । कम्युनिष्ट आन्दोलनमा बर्तमानमा हावि भएको विसर्जनवाद र दक्षिणपन्थको विरुद्धमा प्रगतिशील, देशभक्त र लोकतान्त्रिक शक्तिलाई गोलदन्द गरौं र देशको संघीय,लोकतान्त्रिक गणथतन्त्रमाथि आई परेको चुनौति सामना गर्न देशभरिका लोकतान्त्रिक शक्तिलाई एकताबद्ध बनाउन लाग्न समेत आग्रह गरेका छन् ।

पत्रमा यस्तो भनिएको छ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर