राज्यको दोहन भएको सम्पति फिर्ता ल्याउन नसके मन्त्री पदमा एक सेकेन्ड पनि बस्दिन : मन्त्री आले — OSNepal

राज्यको दोहन भएको सम्पति फिर्ता ल्याउन नसके मन्त्री पदमा एक सेकेन्ड पनि बस्दिन : मन्त्री आले

LC (KTM) February 11, 2022 0

काठमाडौ २८ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राज्यको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको बताएका छन् ।

शुक्रबार पर्यटन मन्त्रालयमा आयोजित दोस्रो त्रैमासिक प्रगति समीक्षा र मन्त्रालयस्तरीय समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री यस्तो प्रतिक्रिया दिएका हुन् ।

विगतदेखि नै सरकारी जग्गाहरुमा अतिक्रमण भइराखेको भएपनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको आरोप लगाएका उनले आफुले त्यो फिर्ता गरेरै छाड्ने दावी समेत गरेका छन् । ‘पदमा बसुन्जेल इमान्दारपूर्वक देशको लागि काम गर्छु । ‘उनले भने ।

विगतमा मन्त्रीसँगको सेटिङमा नेपालमा सञ्चालनमा भएका क्यासिनोहरुले कर नतिर्ने गरेको दावी गरेका उनले भने, ‘अहिले अर्थतन्त्र एकदम धराशयी भएको बेलामा कम्तीमा क्यासिनोमा अरबौँ रुपैयाँ राज्यले उठाउनुपर्ने तर उसले तिर्दैन । ‘

जुनसुकै मन्त्री आउँदा पनि यसो अलिअलि ट्याकटुक, ट्याकटुक मिलायो अनि त्यसपछि त्यत्तिकै बेरुजु, बेरुजु हुँदै जाने गरेको आरोप मन्त्री आलेले लगाएका छन् ।

यदि राज्यको अतिक्रमण भएको सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेण्ड पनि मन्त्री पदमा नबस्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर