प्रचण्डले राष्ट्रिय सहमति गरौं भन्दा ओलीले दिए गैर जिम्मेवार जवाफ — OSNepal

प्रचण्डले राष्ट्रिय सहमति गरौं भन्दा ओलीले दिए गैर जिम्मेवार जवाफ

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एससीसीको विषयमा गैर जिम्मेवार भएको बताएका छन् ।

एमसीसीको विषयमा स्पष्ट धारणा बनाउन आफुले ओलीलाई टेलिफोन गर्दा ओलीले गैर जिम्मेवार जवाफ दिएको प्रचण्डको सचिवालयले जनाएको छ । यस विषयमा दुई नेता बिच भएको कुराकानीलाई प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सामाजिक सन्जाल मार्फत सार्वजनिक गरेका छन् ।

हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा(एमाले)का अध्यक्ष केपि ओलीका बीचमा फोन सम्वाद भएको हो।अध्यक्ष कमरेड प्रचण्डले, एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं ।भनी अध्यक्ष ओलीलाई आग्रह गरेका थिए ।

‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं’ भन्नुभएको हो।’मल्लले भनेका छन् ।

तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक लिनु भएन। उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस। तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन।

स्वकीय सचिव मल्लले लेखेका छन् । हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा(एमाले)का अध्यक्ष केपि ओलीका बीचमा फोन सम्वाद भएको हो।

अध्यक्ष कमरेड प्रचण्डले,एमसीसी अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र एमसीसी मा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं’ भन्नुभएको हो।

तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक लिनु भएन। उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस। तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर