तनहुँका टिकाराम काभ्रेबाट बेपत्ता — OSNepal

तनहुँका टिकाराम काभ्रेबाट बेपत्ता

LC (KTM) February 11, 2022 0

तनहुँ, २८ माघ-तनहुँको शुक्लागण्डकी नगरपालिका-१० बाङराङका तोलानारायण श्रेष्ठ (टिकाराम) काभ्रेबाट बेपत्ता भएका छन् । ४२ वर्षीय श्रेष्ठ २१ माघदेखि बेपत्ता भएका हुन् ।

काभ्रेको धुलिखेलस्थित आफन्तकोमा गएका उनी आफन्तकै घरबाट बेपत्ता भएको भाइ धननारायण श्रेष्ठले बताए । बिहान ४ बजे जुत्ता चप्पलसमेत नलगाईकन हराएका दाजु अझै फेला नपरेको उनको भनाई छ । गहुँगोरो वर्णका श्रेष्ठले निलो रङ्गको जिन्स पाइन्ट र कालो, सेतो रंग मिश्रित ज्याकेट लगाएका थिए । ‘दाजुको रुमाल घरी घाँटीमा राख्ने घरी टाउँकोमा बाँध्ने बानी छ’, उनले भने ।

वैदेशिक रोजगारिको शिलशिलामा साउदी अरेबिया रहेका उनी दुई महिना अगाडि घर फर्किएका थिए । १६ माघमा उनी तनहुँबाट काभ्रेस्थित आफन्तकोमा गएको परिवारले जनाएको छ । उनलाई देख्ने कसैले नजिकको प्रहरी कार्यालयमा वा ९८६९२७००१५, ९८२३५३६६०३ सम्पर्क गर्न परिवारले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर