एमसीसीलाई संसदीय प्रक्रियामार्फत निकास दिनुपर्छ :शेखर कोइराला — OSNepal

एमसीसीलाई संसदीय प्रक्रियामार्फत निकास दिनुपर्छ :शेखर कोइराला

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमसीसीलाई सम्भव भए राजनीतिक दलहरुको सहमतिबाट र सहमति नभए संसदीय प्रक्रियामार्फत निकास दिनुपर्ने बताएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा नेता कोइरालाले आफ्नो लिखित प्रतिवेदन पेश गर्दै यस्तो बताएका हुन् ।

अहिलेको गठबन्धनमा एमसीसीका विषयमा सहमति नजुट्ने हो भने सरकार, नेपाली कांग्रेसको क्षमतामाथि प्रश्न उठ्ने बताएका उनले निवार्चनमा कांग्रेस एक्ले जुट्नु पर्ने बताएका छन् ।

कांग्रेसभित्रको एकता, सबै साथीहरुको सम्मान र न्यायोचित व्यवस्थापनबाट मात्रै मुलुक, लोकतन्त्र र संविधानको रक्षा तथा संवर्द्धन सम्भव भएको उनले बताएका छन् ।

‘एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रक्रियामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रक्रियामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने देख्छु’ उनले भनेका छन् ।

एमसीसीको परियोजनासँगै आफ्नो कुटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने बताएका उनले भनेका छन्, ‘नेपालको विकासका लागि आएको अनुदानलाई बिभिन्न रंग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर