एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको विषय : अध्यक्ष ओली — OSNepal

एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको विषय : अध्यक्ष ओली

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्न सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् ।

पार्टी केन्द्रिय कार्यालय थापाथलीमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले एमसीसी संसदबाट परित गर्न सभामुख बाधक बन्न नहुने बताएका हुन् ।

एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको विषय भएको भन्दै ओलीले भने , ‘पेश नगरी रोक्छु भन्ने सभामुखको अधिकार छैन, यो उनको कर्तव्य होइन, उनले अनधिकृत ढंगले काम गर्न पाउँदैनन्’।

सत्ता गठवन्धनबाटै एमसीसीको विषयमा फरक फरक धारणा आएकाले यसमा विवाद भएको उनले बताएका छन् ।

यो पनि ..
हामी संसद‍्मा सहभागी हुन चाहन्छौंतर सरकारले हामीलाई त्यो अवसर दिएको छैन: अध्यक्ष ओली

काठमाडौं २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदलाई भेन्टिलेटरमा राखेको आरोप लगाएका छन् । आज शुक्रबार निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सरकारले संसद चलाउने वातावरण नबनाएको भन्दै ओलीले संसद‍्मा आफुहरु प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको बताएका छन् । ‘हामी संसद‍्मा सहभागी हुन चाहन्छौं, आफ्नो भूमिका प्रभावकारी बनाउन चाहन्छौं, तर सरकारले हामीलाई त्यो अवसर दिएको छैन’ ओली भने ।

साथै ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भुमिका निर्वाह गर्न नसकेको समेत बताएका छन् । उनले सभामुख सापकोटा पार्टी फोड्ने षड्यन्त्रमा सहभागी भएको ,प्रतिपक्षी दलविरुद्धको मोर्चाबन्दीमा सामेल भएको आरोप लगाएका छन् ।
हाम्राविरुद्ध मुद्दा लड्न अदालत पुग्छन् । पदीय मर्यादा ख्याल राख्दैनन्’ ओलीले भने ।

संसद भेन्टिलेटरमा छ, जिउँदै छैन भनौं भने जिउँदै छ । ताजा जनादेश लिन प्रतिगमन हुन्छ भन्ने गठबन्धनकारी छन्, अग्रगमनकारी संसद निरर्थक बनाएर राखिएको छ’ ओलीले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर