हामी संसद‍्मा सहभागी हुन चाहन्छौं तर सरकारले हामीलाई त्यो अवसर दिएको छैन :अध्यक्ष ओली — OSNepal

हामी संसद‍्मा सहभागी हुन चाहन्छौं तर सरकारले हामीलाई त्यो अवसर दिएको छैन :अध्यक्ष ओली

LC (KTM) February 11, 2022 0

काठमाडौं २३ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संसदलाई भेन्टिलेटरमा राखेको आरोप लगाएका छन् । आज शुक्रबार निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

सरकारले संसद चलाउने वातावरण नबनाएको भन्दै ओलीले संसद‍्मा आफुहरु प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न इच्छुक रहेको बताएका छन् ।

‘हामी संसद‍्मा सहभागी हुन चाहन्छौं, आफ्नो भूमिका प्रभावकारी बनाउन चाहन्छौं, तर सरकारले हामीलाई त्यो अवसर दिएको छैन’ ओली भने ।

साथै, ओलीले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भुमिका निर्वाह गर्न नसकेको समेत बताएका छन् ।

उनले सभामुख सापकोटा पार्टी फोड्ने षड्यन्त्रमा सहभागी भएको ,प्रतिपक्षी दलविरुद्धको मोर्चाबन्दीमा सामेल भएको आरोप लगाएका छन् । हाम्राविरुद्ध मुद्दा लड्न अदालत पुग्छन् । पदीय मर्यादा ख्याल राख्दैनन्’ ओलीले भने ।

‘संसद भेन्टिलेटरमा छ, जिउँदै छैन भनौं भने जिउँदै छ । ताजा जनादेश लिन प्रतिगमन हुन्छ भन्ने गठबन्धनकारी छन्, अग्रगमनकारी संसद निरर्थक बनाएर राखिएको छ’ ओलीले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर