एमाले राष्ट्रवादी पार्टी हो ,ओली र एमालेसँग कुन न कुनै विन्दुमा सहकार्य हुन सक्छ :कमल थापा — OSNepal

एमाले राष्ट्रवादी पार्टी हो ,ओली र एमालेसँग कुन न कुनै विन्दुमा सहकार्य हुन सक्छ :कमल थापा

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी नयाँ पार्टी गठन गर्न लागेका नेता कमल थापाले नेकपा एमाले राष्ट्रवादी पार्टी भएको बताएका छन् ।

नेता थापाले एक कार्यक्रममा अब आफ्नो राजसंस्था र राप्रपासँग डिभोर्स भइसकेको भन्दै हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाए र नयाँ पार्टी फागुनको पहिलो हप्ता भित्र गर्ने बताएका छन् ।

उनले चुच्चे नक्सा प्रकाशन एमाले अध्यक्ष केपी ओलीले गरेको साहसिक काम भएको बताएका उनले उक्त कार्यक्रममा एमालेसँग कुन न कुनै विन्दुमा सहकार्य हुन सक्ने बताएका छन् । साथै थापाले एमसीसी पारित गर्नु राम्रो हुने समेत बताएका छन् ।

लामो समयदेखि आफ्नो देशले अमेरिकाको सहयोगमा पूर्वाधार विकासका क्षेत्रमा धेरै काम गरिसकेकाले एमसीसी पारित गर्न कुनै अप्ठ्यारो नहुने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर