चुरे क्षेत्रको दोहन गरी कौडीको भाउमा बेच्ने सरकारको निणर्य तत्काल उल्टाउनुपर्छ : पुर्व राष्ट्रपति यादव — OSNepal

चुरे क्षेत्रको दोहन गरी कौडीको भाउमा बेच्ने सरकारको निणर्य तत्काल उल्टाउनुपर्छ : पुर्व राष्ट्रपति यादव

LC (KTM) June 04, 2021 0

काठमाडौंँ २१ जेठ । पुर्व राष्ट्रिपति रामवरण यादवले चुरे क्षेत्रको दोहन गरी कौडीको भाउमा बेच्ने सकारको निणर्य तत्काल उल्टाउनुपर्ने बताएका छन् ।चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवाको वैधानिक निकासी गर्ने सरकारको नीति राष्ट्रघाती भएको बताएका यादवले सरकारको यो निणर्यले तराई–मधेस र भावी सन्ततिमाथिको ठूलो अपराध भएको समेत बताएका छन् । यावदवे कान्तिपुरसँग गरेको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

सरकारको यो निणर्य आफ्नो सत्ता स्वार्थका लागि मुलुकलाई अहित हुने कदम मात्र भएको यादवले बताएका छन् । मुलुक र जनताको दूरगामी हितमा नभएको राष्ट्रघाती काम हो । यसमा कुनै राष्ट्रिय स्वार्थ नभईआफ्नो, भाइभतिजा र कार्यकर्ताको मात्र स्वार्थ रहेको छ । यस विषयमा राजनितिक दलका नेताहरुले गरेको विरोधले आफु खुसी समेत भएको यादवले बताएका छन् ।

उनले भनेका छन्, ‘चुरे हाम्रो लाइफलाइन हो । जैविक विविधिताको धनी छ । यसको इकोलोजीलाई हामीले मास्न हुन्थेन तर विभिन्न कालखण्डका शासक र सरकारले नै चुरेतिर आँखा लगाएको पाइन्छ ।
चुरियाको दोहन गरेर कौडीको भाउमा बेच्ने सरकारको निर्णय उल्टाउनुपर्छ । महाभारतको तल्लो बेल्टदेखि चुरेको तल्लो तटीय क्षेत्रसम्म गरी ९२ ठाउँबाट ढुंगा खन्ने भनिएको छ । सरकारको योभन्दा गैरजिम्मेवार काम के हुन सक्छ ’?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर