देशलाई प्रतिगमनसम्मको अवस्थामा पुर्याउने प्रचण्ड - नेपालजस्ता प्रतिगमनकारीहरु अहिलेकै गठबन्धनमा छन् — OSNepal

देशलाई प्रतिगमनसम्मको अवस्थामा पुर्याउने प्रचण्ड – नेपालजस्ता प्रतिगमनकारीहरु अहिलेकै गठबन्धनमा छन्

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री समेत रहेको केपी शर्मा ओलीले देशलाई प्रतिगमनसम्म पुर्याउनेहरु अहिले गठवन्धन सरकारमा रहेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि टिप्पणी गरेका छन् ।

निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रममा उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

अहिलेको गठवन्धन सरकारमा निर्वाचन हुन नदिनेहरु रहेको आरोप समेत लगाएका ओलीले भने, ‘चुनाव नचाहनेहरु पनि अहिलकेकै गठबन्धनमा छन् । त्यसका आधार तयार पार्नेहरु पनि यही गठबन्धनमा छन् । यो धन्दा उहाँहरुको, त्यो संयुक्त प्रयास आज पनि उहाँहरुको गठबन्धनकै रुपमा प्रकट भैरहेको छ ।’

केहि समय अगाडी अध्यक्ष प्रचण्डले चुनाव सार्न सुझाव दिएका थिए । सो विषयलाई लिएर ओलीले टिप्पणी गरेका हुन् ।

साथै उद्घाटन कार्यक्रममा ओलीले आफूहरुले लिएको नीतिको कारण ०५४ को स्थानीय तहको निर्वाचनमा असाधारण सफलता हात पारेको पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर