गठवन्धनलाई ओलीको सुझाव : वत्ती निभाएर मतपत्र च्यातेर जित्ने कल्पना नदेखे हुन्छ — OSNepal

गठवन्धनलाई ओलीको सुझाव : वत्ती निभाएर मतपत्र च्यातेर जित्ने कल्पना नदेखे हुन्छ

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदै गरेको स्थानीय तह निर्वाचनमा ‘गठबन्धन तोडेर होइन उनीहरुसँग लडेर बहुमत ल्याउँने दावी गरेका छन् ।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय थापाथलीमा निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कसैलाई चुनावबाट भाग्न नदिने भन्दै ओलीले चुनाव जित्ने दावी गरेका छन् ।

चुनाव हुन नदिने रचुनाव रोक्न खोज्ने गठबन्धनमा भएको दावी ओलीले गरेका छन् । पार्टी फोडेर र सरकार ढालेर प्रतिक्रियावादीको सेवामा गएको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालमाथि आलोचना गरेका छन् ।

साथै कार्यक्रममा उनले वत्ती निभाएर र मतपत्र च्यातेर जित्ने कल्पना नदेखे पनि हुने जिकिर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर