फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन : कमल थापा — OSNepal

फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन : कमल थापा

LC (KTM) February 11, 2022 0

विराटनगर २ड माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका परिग्याग गरेका नेता कमल थापाले नयाँ पार्टी गठन गर्ने भएका छन् ।

नयाँ पार्टी गठनको विषयमा छलफल गर्न प्रदेश १ पुगेका नेता थापाले विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा आफ्नो नयाँ पार्टीको मुख्य एजेण्डा भनेको हिन्दु राष्ट्र हुने बताएका हुन् ।

फागुनको पहिलो हप्ताभित्रमा हिन्दु राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहितको नयाँ पार्टी गठन गर्ने स्पष्ट पारेका नेता थापाले राजसंस्थालाई पार्टीको एजेण्डा बनाउने वा नबनाउने भन्ने विषयमा भने छलफल भइरहेको बताएका छन् ।

साथै, उनले आागामी निर्वाचनमा एमालेसँग सहकार्य गने सकिने समेत बताएका छन् । यही गएको मंसिरमा भएको महाधिवेशनमा अध्यक्षमा पराजित भएका नेता थापाले मंगलबार मा पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर