जनमत एमसीसीको विरुद्धमा भएकाले आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिँदैन : माधव नेपाल — OSNepal

जनमत एमसीसीको विरुद्धमा भएकाले आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न सकिँदैन : माधव नेपाल

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले कुनैपनि हालतमा यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने स्पष्ट पारेका छन् ।
शुक्रबार वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता नेपालले यस्तो जानकारी गराएका हुन् ।

सत्तागवन्धन दलका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा निरन्तर एमसीसी पारित गर्नुपर्छ भन्ने गर्दा नेता नेपाल भने यसमा सहमत हुन सकेका छैनन् ।

एमसीसीको विषयमा अध्ययन गरिरहेको समेत बताएका उनले सम्झौता मिति पर सारे छलफल गर्न समय मिल्ने बताएका छन् । अन्तिम निष्कर्षमा पुग्न बाँकी भएकाले आँखा चिम्लेर एमसीसीलाई समर्थन गर्न नसकिने उनले स्पष्ट धारणा राखेका छन् ।

साथै नेपालले जनमत एमसीसीको विरुद्धमा भएकाले जनमतलाई पनि कसरी आश्वस्त बनाउन सकिन्छ भन्ने विषयमा थप चुनौती भएको पनि बताएका छन् । फागुन १ गते नेकपा एसले देशभर एकैचोटी एमसीसीको विरोेधमा प्रदर्शन गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर