प्रचण्डलाई दिए ओलीले चुनौती : मलाई हटाएपछि एमसीसी पारित गछौं भनेको होइन पूरा गर्नुहोस् — OSNepal

प्रचण्डलाई दिए ओलीले चुनौती : मलाई हटाएपछि एमसीसी पारित गछौं भनेको होइन पूरा गर्नुहोस्

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पास गर्छौं भनेर अमेरिकासँग गरेको प्रतिबद्धता पूरा गर्न चुनौती दिएका छन् ।

प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गछौं भनेर अमेरिकालाई पठाएको पत्र सार्वजनिक भएपछि अध्यक्ष ओलीले प्रचण्डलाई यस्तो चुनौती दिएका हुन् ।

प्रचण्ड निकट स्रोतले दिएको जानकारी अनुसार बिहिबार राति प्रचण्डले ओलीलाई टेलिफोन गरी एमसीसीबारे निर्णय लिन आग्रह गरेका थिए । प्रचण्डको आग्रहलाई ओलीले फोनमै चुनौती दिएका हुन् ।

ओलीले प्रण्डलाई दिएको जवाफ एमालेका प्रचार विभाग उप प्रमुख विष्णु रिजालले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्, ‘एमसीसीका सम्बन्धमा विदेशीले सोधून् वा स्वदेशीले-नेकपा (एमाले)को धारणा स्पष्ट छ ।‘एमसीसीमा तपाईंले निर्णय नगरी भएन’ भन्दै हिजो सॉझ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फोन गर्दा हाम्रो पार्टीका अध्यक्ष केपी ओलीले स्पष्ट शब्दमा भन्नुभएको छ,

‘तपाईंहरूले पहिले केपी ओलीलाई हटाएपछि पारित गर्छौं भनेर बचन दिनुभएको छ, हटाइसकेपछि ‘४-५ महिनामा पारित गर्छौं’ भनेर लिखित कागज नै गर्नुभएको रहेछ । अहिले सत्ता चलाइरहनुभएको छ, प्रतिनिधिसभामा १ सय ६५ सदस्य छन् । पहिले आफूले निर्णय गर्नूस्स नेकपा ९एमाले० त निर्णय गरिहाल्छ ।’

आफुलाई हटाएपछि एमसीसी पारित गछौं भनेको विषयलाई प्रचण्डलाई स्मरण गराउँदै ओलीले पहिले आफूले निर्णय गर्नुहोस् अनि आफ्नो पार्टीले गर्छ भनेका छन् ।

ओलीले टेलिफोनमा ने प्रचण्डलाई एमसीसी नामको आरा हातमा लिएर बसेको बताउँदै ओलीले प्रचण्डलाई भने , ‘अगाडि बढेर पास गरे तपाईंहरुका कार्यकर्ता भड्किन्छन्, जनमत भड्किन्छ । पछाडि फर्किनुहुन्छ अमेरिकाले डन्डा देखाइसक्यो,यो आराले अगाडि बढ्दा नि काट्छ ।’

साथै ओलीले संसदमा सरकारकै बहुमत भएकाले यसमा अलमल किन भन्दै प्रचण्डलाई प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर