सभापति देउवाले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद — OSNepal

सभापति देउवाले दिए अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद

LC (KTM) June 04, 2021 0

काठमाडौं २१ जेठ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई धन्यवाद व्यक्त गरेका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले कोरोना भाइरस विरुद्धको खोप अमेरिकाले उपलब्ध गराउने घोषणा पछि राष्ट्रपति जो बाइडेनलाई धन्यावाद दिएका हुन् ।

सभापति देउवाले आज ट्वीटर मार्फत धन्यवाद दिएका हुन् । ट्वीटर मार्फत यो सहयोगले नेपाल र अमेरिकाबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ हुने विश्वास समेत व्यक्त गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, Thank you @POTUS for your decision to provide COVID-19 vaccines to Nepal. I believe this valuable support will further strengthen the long-cherished Nepal-US friendship. 🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर