घरमा आगलागी हुँदा एक बालिका सहित पाँच जनाको मृत्यृ — OSNepal

घरमा आगलागी हुँदा एक बालिका सहित पाँच जनाको मृत्यृ

LC (KTM) February 11, 2022 0

काठमाडौं २८ माघ । एक घरमा आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित उक्त घरमा आगलागी हुँदा चार पुरुष र एकजना बालिका गरी पाँच जनाको मृत्यु इलाका कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते भएका एक जनालाई उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको प्रहरीले जनाएको छ । विद्युतको मिटर पड्किंदा आगोलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

बिहान २ बजे देखि सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयवासी को सहयोगमा नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर