अमेरिकी मन्त्रीको धम्कीले एमसीसी नेपालको हितविरुद्ध भएको थप पुष्टि भन्दै गर्जिए भीम रावल — OSNepal

अमेरिकी मन्त्रीको धम्कीले एमसीसी नेपालको हितविरुद्ध भएको थप पुष्टि भन्दै गर्जिए भीम रावल

LC (KTM) February 10, 2022 0

काठमाडौं, २७ माघ – नेकपा एमालेका नेता भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् ।

एमसीसीले दिएको डेडलाइन नजिक आउँदा पनि दलहरु निर्णयमा पुग्न नसकिरहेको बेला बिहीबार अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लूले शीर्ष नेताहरुलाई फोन गरि पास गर्न दबाब दिएको समाचार अनलाइनखबर डट्कममा प्रकाशन भएपछि नेता रावलले शीर्ष नेताहरूलाई अमेरिकी मन्त्रीले चेतावनी र धम्की दिएको भन्ने समाचारहरु आएकाले यसबारे यथार्थ जानकारी दिन माग गरेका छन् ।

यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरूद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘अनुदान’ मा धम्की ?!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर