पार्टीले जिम्मेवारी दिए फेरि पनि महानगरको प्रमुखमा दावी गर्न तयार छु : महानगरपालिकाका मेयर विद्यासुन्दर — OSNepal

पार्टीले जिम्मेवारी दिए फेरि पनि महानगरको प्रमुखमा दावी गर्न तयार छु : महानगरपालिकाका मेयर विद्यासुन्दर

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफुलाई फेरि जिम्मेवारी दिए महानगरको प्रमुखमा दावी गर्ने बताएका छन् । आज बिहिबार एक शिलान्यास कार्यक्रममा गएका शाक्यले पार्टीले जिम्मेवारी दिए फेरि पनि आफु तयार भएको बताएका हुन् ।

‘आगामी निर्वाचनको लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ, म एउटा पार्टीको कार्यकर्ता हो, पार्टीले आवश्यक्ताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो, अर्को भनेको महानगरबासीको चाहना के छ ?’ उनले भनेका छन् ।

विकास निर्माणका काम भनेको निरन्तर रुपमा चल्ने बताएका उनले कहिले पनि सकियो भन्ने नहुने बताएका छन् । हामीले हाम्रो कार्यकालमा धेरै शिलान्यास गरिसकेका छौँ, शिलान्यास धेरै भयो उद्घाटन कहिले हुन्छ भन्ने कुरा आउँछ, निश्चित समयमा बन्छ ।’ उनले अघि भने ।

विकास निर्माणका काम कहिल्यै नसकिने भन्दै निरन्तर रुपमा काठमाडौँको विकासका लागि महानगर लागि रहने प्रतिवद्धता समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर