ममाथि आएका आलोचना र सुझावलाई सकारात्मक रूपमा लिएको छु : सभामुख सापकोटा — OSNepal

ममाथि आएका आलोचना र सुझावलाई सकारात्मक रूपमा लिएको छु : सभामुख सापकोटा

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । सभामुख अग्निप्रसाद सापकोटाले संसद नियमित चन्ल नसक्दा सिकाइका विविध पक्ष छुटेको बताएका छन् ।

बिहिबार धुलिखेलमा आयोजित एक कार्यक्रममा सभामुख सापकोटाले संसद्लाई जीवन्त र जनमुखी बनाउन वातावरण बनाउने काम भइरहेको भन्दै यस्तो विषयमा जानकारी गराएका हुन् ।

‘संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मक रूपमा लिएको छु ‘सभामुख सापकोटाले भने ।

सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसद्ले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपने उनको भनाइ रहेको छ ।

मातृभूमिप्रति इमानदार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुनेछ उनले कार्यक्रममा अघि भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर