महतोको गोठमा आगलगी हुँदा आठ लाखको सरसामान जलेर नष्ट — OSNepal

महतोको गोठमा आगलगी हुँदा आठ लाखको सरसामान जलेर नष्ट

LC (KTM) February 10, 2022 0

बर्दिवास – बर्दिवास नगरपालिका–९ का ब्रह्मदेव महतोको गोठमा आगलगी हुँदा आठ लाख बराबरको सरसामान जलेर नष्ट भएका छन् । आज बिहान अचानक विद्युत् चुहावट भई आगलगी भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

विश्व हिन्दू युवासङ्घको सम्मेलन देवघाटमा-विश्व हिन्दू युवासङ्घको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ । फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन् ।

सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको हालसम्म गरेका गतिविधि, भावी रणनीति र सरकारलाई दिइने सुझावका विषयमा छलफल गरिने छ । सङ्घले गोरक्षनाथ, गाई र गाँजाका विषयमा बहस उठाउँदै आएको छ । पूर्वीय दर्शनलाई नेपालले अँगाल्नुपर्छ भन्ने मान्यताका साथ सङ्घले काम गर्ने उहाँको भनाइ छ । गोरक्षनाथ राजनीतिक दर्शन हो भने गाई स्वास्थ्य विज्ञानसँग समेत जोडिएको शाह बताउनुहुन्छ ।

देशभरमा ४५ जिल्लामा सङ्घको शाखा छ । विश्वमा २५ देशमा शाखा रहेको शाहले जानकारी दिनुभयो । सङ्घका जिल्ला अध्यक्ष श्याम पौडेलले पहिलो सम्मेलन हुन लागेको भन्दै तयारीमा जुटेको बताउनुभयो । सहभागीलाई देवघाटका आश्रमहरूमा बस्ने व्यवस्थापन गरिएको छ । उहाँले भन्नुभयो, “हामी रु १० लाखभित्र सम्मेलन सम्पन्न गर्ने गरी तयारीमा जुटेका छौँ”, सङ्घ विश्व हिन्दू महासङ्घअन्तर्गत युवाहरुको संस्था हो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर