देउवालाई प्रचण्ड नेपालको जवाफ : तत्काल एमसीसी पारित हुँदैन — OSNepal

देउवालाई प्रचण्ड नेपालको जवाफ : तत्काल एमसीसी पारित हुँदैन

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । प्रधानमन्त्री शेरबहादुर देउवालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारित गर्न नकिने स्पष्ट पारेका छन् ।

आज बालुवाटारमा भएको तिन नेता बिचको भेटमा प्रचण्ड नेपाले देउवालाई यस्तो बताएका हुन् । एमसिसी पारित गर्ने तयारीमा लागेका देउवालाई प्रचण्ड नेपालले स्थानीय निर्वाचन अगाडी एमसीसी जस्ताको तस्ते पारित गर्न नकिन े बताएका बालुवाटार स्रोतले जनाएको छ ।

सत्ता गठवन्धनबाटे देउवालाई साथ नमिले पनि अब देउवा एमासँग सहकार्य गर्ने बुझिएको छ । जसपा र कांग्रेस एमसीसी पारित गर्न आतुर छन् ।

अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा भने एमसीसी जस्ताको तस्तै पास गर्ने पक्षमा सहमत भएका छैनन् ।

फागुन १ गते देशभर एमसीसीको विरोधमा नेकपा एकिकृत समाजवादी पार्टीले विरोध गर्ने घोषणा समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर