काठमाडौं २७ माघ । नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक बिहिबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।
मुख्य सुचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी बैठकमा म्याद सकिएका भातृ एवं शुभेच्छुक संस्था बारे छलफल हुने भएको छ । जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको विषयमा पछि बैठकमा छलफल हुने भएको छ ।
हिजो बुधबार बसेको पार्टीको पदाधिकारीको बैठकमा आज बस्ने कार्यसम्पादन समितिको बैठकबाट म्याद गुज्रेका भ्रातृ संस्थाहरूबारे आवश्यक निर्णय लिने विषयमा छलफल भएको थियो ।