सारा र आलियाले के चमत्कार गरिदिए सुन्दरी जान्ह्वीलाई ? दुवैको गरिन् तारिफ — OSNepal

सारा र आलियाले के चमत्कार गरिदिए सुन्दरी जान्ह्वीलाई ? दुवैको गरिन् तारिफ

LC (KTM) June 04, 2021 0

मुम्बई । बलिउड अभिनेत्री जान्ह्वी कपुरले आफू दुई नायिकाबाट प्रभावित भएको बताएकी छन् । पछिल्लो पुस्ताका दुई अभिनेत्री आलिया भट्ट र सारा अली खानबाट आफू प्रभावित भएर फिल्ममा आएको बताएकी छन् ।एक पत्रिकालाई अन्तर्वार्ता दिने क्रममा जान्ह्वीले आफू फिल्ममा आउनुभन्दा अघि आलिया र साराको फिल्मको फ्यान रहेको पनि उनले बताएकी छन् । अभिनेत्री जान्ह्वीले अहिले पनि आलिया र साराको हरेक फिल्महरू हेर्ने गरेको बताएकी छन् । अभिनेत्री साराले पनि जान्ह्वी भन्दा एक वर्षअघि मात्र फिल्मी यात्रा सुरु गरेकी हुन् । तथापि उनलाई साराका हरेक फिल्महरू मन पर्छ । आफ्नो अभियनमा आलिया र साराको प्रभाव रहने गरेको पनि जान्ह्वीले स्विकारेकी छन् ।

आफूले सुरुका दिनमा आफ्नी आमा श्रीदेवीका फिल्म हेर्ने गरेको यी अभिनेत्रीको कथन छ । आफ्नो पहिलो फिल्म धडकको रिलिज भन्दाअघि नै अभिनेत्री जान्ह्वीले आमा श्रीदेवीलाई गुमाइन् ।राजधानि दैनिकमा खबर छ । अहिले पनि अभिनेत्री आलिया र सारालाई देख्दा आफूलाई प्रेरणा अभिनयमा प्रेरणा मिल्ने गरेको पनि जान्ह्वीले बताएकी छन् ।

मानिस भएपछि जहिले पनि आफैंमा निर्भर हुनुपर्छ भन्ने आमाको भनाइलाई यी अभिनेत्रीले गुरु मन्त्रका रूपमा लिने गरेकी छन् । सोही कारण आमाको यो भनाइ सम्झेर आफूले जस्तो कठिन कार्यमा पनि हरेस नखाने गरेको यी अभिनेत्रीले बताएकी छन् । नयाँ युस्ताकी उम्दा अभिनेत्रीका रूपमा परिचित जान्ह्वीसँग अहिले तीनवटा फिल्म छन् । मुम्बईको लकडाउन खुलेपछि आफू लगातार फिल्ममा व्यस्त हुने पनि यी अभिनेत्रीले बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर