सरकारलाई ३८ करोड भन्दा बढी रोयल्टी नतिरेको ड्रिमल्याण्ड ह्वाप्पी आवर प्रालिले सञ्चालन गरेको क्यासिनो र होटल बन्द — OSNepal

सरकारलाई ३८ करोड भन्दा बढी रोयल्टी नतिरेको ड्रिमल्याण्ड ह्वाप्पी आवर प्रालिले सञ्चालन गरेको क्यासिनो र होटल बन्द

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । सरकारलाई ३८ करोड १० लाख ४५ हजार रुपैयाँ रोयल्टी नबुझाएको भन्दै सरकारले नेपालगन्जको ड्रिमल्याण्डमा होटल बन्द हुने गर्ने भएको छ ।

ड्रिमल्याण्डमा ह्वाप्पी आवर प्रालिले सञ्चालन गर्दै आएको क्यासिनोले सरकारलाई तिर्नुपर्ने रोयल्टी नतिरेको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले क्यासिनो र होटल दुवै बन्द गराउने निर्णय गरेका हुन् ।

बुधबार मात्रै दरबारमार्गस्थित रहेको होटल याक एण्ड यती होटलमा रहेको क्यासिनो बन्द गर्न मन्त्री आलेले निर्देशन दिएका थिए ।

बारम्बार होटल र क्यासिनोले बुझाउनुपर्ने रोयल्टी र इजाजतपत्र नवीकरण दस्तुर ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा बुझाउन आग्रह गर्दा पनि नतिरेपछि बन्द गर्न निर्देशन दिइएको हो ।छन् । होटल याक एण्ड यति बन्द गराउने पर्यटन विभागले जानकारी गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर