पार्टी विभाजनमा साथ नदिएका भीम रावलले माधव नेपाल नेतृत्वको नेकपा एसको गरे खुलेर प्रशंसा — OSNepal

पार्टी विभाजनमा साथ नदिएका भीम रावलले माधव नेपाल नेतृत्वको नेकपा एसको गरे खुलेर प्रशंसा

LC (KTM) February 10, 2022 0

काठमाडौं २७ माघ । एमसीसीको विरुद्ध आवाज उठाउने नेकपा एमालेका नेता डा. भीम रावलले नेकपा एकिकृत समाजवादी पार्टीको खुलेर प्रंशसा गरेका छन् ।

बुधबार नेकपा एसले एमसीसीको विरोधमा फागुन १गते देशरभर प्रदर्शन गर्ने निणर्य सार्वजनिक गरेपछि नेता रावलले माधव नेपाल नेतृत्वको नेकपा एसको खुलेरै प्रशंसा गरेका हुन् ।

फागुन २ गते बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबुल गरी पारित गर्ने तयारीमा लागेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्तागठवन्धनकै पार्टी नेकपा एसले साथ नदिने भएको छ ।

जसको कराण १ गते देशभर एकैसाथ एमसीसीको विरोध गर्न लागेको छ । यही विषयलाई लिएर नेता रावलले राष्ट्रघाती प्रावधान भएको सम्झौताको विरुद्ध सडक प्रदर्शनका लागि पाइला चाल्नु प्रंशसनीय भएको बताएका छन् । यस्तो प्रर्दशनमा देशभक्त नेपालीले साथ दिनुपर्ने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘राष्ट्रघाती प्रावधान भएको सम्झौताको विरुद्ध सडक प्रदर्शनका लागि पाइला चाल्नु प्रंशसनीय छ यस्तो प्रदर्शनमा देशभक्त नेपालीले साथ दिनुपर्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर